समावेशी खबर र आवाजको संवाहक|Saturday, March 25, 2017

‘लगानी क्षेत्र डुवेपछि सहकारी भाग्छ’ 

ललितपुरको एक सहकारीको मापदण्ड विपरित सचालन र राजधानीको एउटा सहकारी निक्षेपकर्ताको रकम कुम्ल्याएर भागेको छ । सहकारी प्रति यस्ता घटनाले शंका बढ्दै गएको परिस्थिती छ । सहकारी किन भाग्छन् ? निक्षेपकर्ताको विश्वास जित्ने आधार के हुन् ? र, सहकारीमा निक्षेपकर्ताको रकम गायब भएको सन्दर्भमा रहेर ललितपुरको राष्ट्रिय सेवक सहकारीका कोषाध्यक्ष सुनिल लम्सालसँग अनलाईन पत्रिकाका प्रधान-सम्पादक सुविन कुमार श्रेष्ठले गरेको साक्षात्कारको सार संक्षेप ।

ललितपुर । राष्ट्रिय सेवक सहकारी ४७ जिल्लामा बिस्तार भईसकेको अवस्था छ । निजामती कर्मचारीहरुमात्रै यसमा आवद्ध हुनसक्ने प्रावधान छ भने भर्खरै मात्र निजामती कर्मचारीका परिवारपनि सहभागी रहने सक्ने व्यवस्था गरिएको छ । सहकारी भनेको ठगी खाने भाँडो मान्ने गरिएको छ । तर हाम्रो सहकारी यसभन्दा विपरित छन् ।

अहिलेसम्म पुँजीका रुपमा झण्डै १ करोड निक्षेप जम्मा भईसकेको छ । यो कर्मचारी विशेष भएकोले धैरै जिल्लाहरुमा सहकारी काम राम्रो गरेको भनेर पुरस्कार पाएको छ । हाम्रो सहकारीले अहिलेसम्म कुनै गलत कुरा गरेको अवस्था छैन । राष्ट्रिय सेवक सहकारीमा जम्मा भएका निक्षेप कर्मचारीकै विकास र व्यवसायमा नै लगानी गर्ने प्रावधान बनाएका छौ । भविष्यमा सहकारी बोर्डमा यसलाई लाने कुरा पेश गरिएको छ । आत्मा देखि सहकार्य गरेको अवस्थामा सहकारी दिगो रहन्छ निक्षेप मात्रै जम्मा गर्ने उद्देश्यले खोलिएका सहकारीको विश्वास गर्न सकिदैन ।

निक्षेपको बढी स्रकलित भएपछि सहकारीको लगानी डुब्ने सम्भावना हुन्छ । लगानी क्षेत्र डुवेपछि सहकारी भाग्छ । तसर्थ नीतिनियम भन्दा बाहिर नगए सहकारीको भविष्य उज्वल छ ।

– सुनिल लम्साल
कोषाध्यक्ष राष्ट्रिय सेवक सहकारी
ललितपुर

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु