समावेशी खबर र आवाजको संवाहक|Thursday, January 19, 2017

‘नगद दिन नसकेपछि सहकारी भाग्छ’ 

ललितपुर । कुनैपनि सहकारीमा नगद जम्मा गरिरहेका बचतकर्ता सचेत बन्नुपर्ने दिन आएको छ । जिल्लाभित्र रहेका सयौं सहकारी संस्थामाथि समेत प्रश्न चिन्ह उठ्न थालेको अवस्था छ । भक्तपुरको व्यासीमा रहेको नभकुमारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा नगद मौज्दात गायब भएपछि यस्तो अवस्था आएको हो ।

फेरि यो घटनाको समाचार नसेलाउँदै ललितपुरको एक सहकारीको मापदण्ड विपरित सचालन र राजधानीको एउटा सहकारी निक्षेपकर्ताको रकम कुम्ल्याएर भागेको छ । सहकारी प्रति यस्ता घटनाले शंका बढ्दै गएको परिस्थिती छ । सहकारी किन भाग्छन् ? निक्षेपकर्ताको विश्वास जित्ने आधार के हुन् ? र, सहकारीमा निक्षेपकर्ताको रकम गायब भएको सन्दर्भमा रहेर ललितपुरका एक दर्जन सहकारीका जिम्मेवार प्रतिनिधिसँग अनलाईन पत्रिकाका प्रधान-सम्पादक सुविन कुमार श्रेष्ठले गरेको साक्षात्कारको सार संक्षेप ।

अनलाईन पत्रिका डटकम र अनलाईन पत्रिका साप्ताहिकले सहकारी विषयकै सेरोफेरोमा रहेर ललितपुरमा सचालित एक दर्जन सहकारी संस्थाका जिम्मेवार व्यक्तित्वसंगको विशेष सम्बाद प्रस्तुत गर्नेछौं ।

ललितपुर । ललितपुरका फोटो व्यवसायीहरुको पहलमा स्थापना गरिएको सहकारी  नै धनलक्ष्मी  हो । फोटो पेशामा लाग्नेहरुका लागि सहयोग गर्नका लागि यो सहकारी बनेको हो । धनलक्ष्मीको ४० जना शेयर होल्डरहरु रहेका छन् । हाल सदस्यहरु एक सय नाघेको छ । धनलक्ष्मीको निक्षेप हामीले कतै लगानी गर्देनौं । फोटो व्यवसायीको समूहबाट खोलिएको सहकारी भएकोले यही पेशामा हामीले लगानी गर्ने गरेका छौं ।

सहकारी मान्यतालाई आत्मसात गर्नुपर्ने समय भर्खरै आउँदैछन् । सहकारीको सिद्धान्त भन्नु नै नभएकोलाई आर्थिक रुपमा उन्नत बनाउनु हो । सहकारी भाग्नुमा नियत खराबको विचार आउनु प्रमुख कारण हो । किनभने निक्षेपकर्तासँग रकम जम्माका लागि लिनु अघिका योजना बनाएका पनि हुन्छन् । अन्य कारणमा लगानी गरेको क्षेत्र असुरक्षित हुनु र निक्षेपकर्ताका रकम लगानी डुब्नु पनि हो । निक्षेपकर्ताले मागेको समयमा नगद दिन नसकेपछि सहकारी सचालकहरु भाग्ने गरेको घटना आउने हो ।

सहकारीको हिसाब एकै टोलका सँगै रहेका स्थानीय मिलेर खोलिने गर्दा यो दिगो रहन्छ । कुनै पेशागत रुपमा सहकारी चलाउने हो भने डुब्ने अवस्था आउँदैन । यसलाई ख्याल गर्नुपर्छ ।

 

पवन तिमिल्सिना

अध्यक्ष

धनलक्ष्मी सहकारी संस्था, ललितपुर

Loading...

तपाईंको प्रतिकृया जनाउनुहोस्

अन्य समाचारहरु