कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको संक्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यो संख्या चैत ४ देखि चैत २३ गतेसम्म मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहबाट संकलन गरेको विवरण हो । छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकबाट हवाई तथा सडक मार्ग भएर उनीहरु नेपाल आएका हुन् । नेपालमा पहिलोपटक गत माघ ९ गते एक नेपालीमा कोभिडको संक्रमण देखिएको थियो ।

पछिल्लो पटक चैत १० गते अर्का एक नेपालीमा कोभिडको संक्रमण भेटियो । हालसम्म नौजनामा कोभिडको संक्रमण भेटिएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।