कोरोना अपडेट

 

 

नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोरोना भाइरसको चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एकजनाको निधन भएको छ । करिब ५ सय कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ ।

विश्वमै सबभन्दा धेरै संक्रमित रहेको अमेरिकामा मृतकको संख्या आइतवार ८ हजार ४ सय ५२ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगेको छ ।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ । अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताए ।

अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए ।

विश्वमै सबभन्दा धेरै संक्रमित रहेको अमेरिकामा मृतकको संख्या आइतवार ८ हजार ४ सय ५२ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगेको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।