प्रा.डा. राजीव झा

प्रा.डा. राजीव झा

न् २०१९ बिदा हुँदै थियो । पश्चिमाहरु नयाँ वर्षको स्वागतको तयारीमा थिए । कोही क्रिस्मस मनाउँदै थिए त कोही लामो विदा लिएर विदेश घुम्ने तयारीमा थिए । डिसेम्बरको अन्तिम साता चीनबाट खबर आयो निमोनियाको लक्षणसँग मिल्दो जुल्दो खालको नयाँ रोग देखिएको छ ।

जनवरी २३ मा देखिएको महामारीको धक्काले चिनियाँको नयाँ वर्षलाई समेत अर्को साल सारिदियो । उता पश्चिमाहरु भने कोरोनालाई सुरुमा उहान र पछि चिनियाँ भाइरसको नाम दिन थालेका थिए ।

डिसेम्बरको २६ र २७ तिर उहान शहरमा २७ जना यस्ता बिरामी आए । उहानको स्वास्थ्य विभागले सार्वजनिक सूचना नै दियो । त्यसमा भनिएको थियो, ‘सार्सको लक्षणसँग मिल्दोजुल्दो खालका बिरामी आए, त्यसमध्ये दुई चारजना बाहेक अरु सबै निको भएर घर फर्के । एक हप्तापछि त्यस्ता बिरामी ४४ पुग्यो । अर्थात् सन् २०२० जनवरीको पहिलो साता अघिल्लो साताको भन्दा झण्डै दोब्बर बिरामी सोही प्रकृतिका देखिए ।

जनवरीको २० सम्म कुनै नयाँ बिरामी देखिएनन् । त्यसलगत्तै चैतको खरमा आगो लागेजस्तै गरी उहान र त्यसबाहिर पनि यो भाइरस फैलिँदै गयो ।
चिनियाँ नागरिक वसन्त पर्वलाई धुमधाम मनाउने तयारीमा थिए । त्यसैले धेरै स्वदेश र विदेशबाट घर फर्कदै थिए । चीनको द्रूतगतिको मेट्रो रेल भरीभराऊ थियो । हवाई जहाजका सबै सिट भरिएका थिए । नियमित भन्दा धेरै बढी उडान भइरहेका थिए । विश्वविद्यालय, विद्यालयहरु बन्द थिए । मानिसको चाप बढ्ने र आवतजावत पनि उस्तै हुने समयमा उहानमा विस्फोट भयो ।

जनवरी २३ मा देखिएको महामारीको धक्काले चिनियाँको नयाँ वर्षलाई समेत अर्को साल सारिदियो । उता पश्चिमाहरु भने कोरोनालाई सुरुमा उहान र पछि चिनियाँ भाइरसको नाम दिन थालेका थिए । आज त्यही भाइरस संसारका २०३ देशमा पुगेको छ र अहिलेसम्म ५९ हजार नागरिकको ज्यान लिइसकेको छ ।

आज त्यही भाइरस संसारका २०३ देशमा पुगेको छ र अहिलेसम्म ५९ हजार नागरिकको ज्यान लिइसकेको छ ।

चिनियाँ सरकारले यो भाइरसको फैलावटको दर निकै खतरनाक हुने आंकलन गर्यो । उहानलाई इपीसेन्टर मानेर उहान, सियान, बेइजिङ मात्रै नभई धेरै प्रान्तहरुमा लकडाउन गर्ने घोषणा गर्यो । यो निर्णयलाई कतिपयले अलोकप्रिय भने पनि वाध्यकारी निर्णय थियो । नेपालको सिमाना जोडिएको तिब्बतमा समेत एक विरामी देखिएको थियो । त्यसपछि त केही देशले दूतावासका कर्मचारी लैजान चार्टर उडान समेत गरे । डिसेम्बर २७ मा सिफुड बजारबाट फैलिएको कोरोनालाई जनवरीको तेस्रो सातामा मात्रै विश्व स्वास्थ्य संगठनले ‘कोभिड १९’ नाम दिएको थियो ।

चीनले कोरोना माथिको विजय प्राप्त गर्न मानिस मानिसबीचको सम्पर्कको कडी तोड्न चीनले गरेको प्रयास नै सबैभन्दा महत्वपूर्ण विषय थियो । लकडाउन नै त्यसको वास्तविक कारण बन्यो । रातारात अस्पताल बने, हजारौँ स्वास्थ्यकर्मी उहान ओरालियो । घरघरमा गएर स्वास्थ्यकर्मीले नमूना परिक्षण गर्दै अस्पताल पठाउन थाले, मानिसहरु ंशंकै नलाग्दा पनि परीक्षण गर्न आए, घरमा बस्नेहरु पनि आफै बडो अनुशासित क्वारेन्टाइनमा बसे । यस्ता धेरै कारणहरु छन् जसले चीनलाई यतिचाँडै सफल बनायो ।

रमेश लम्सालको सहयोगमा

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।