काठमाडौं । नेपालमा एकैपटक तीनजना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रेस सहयोगी माधव तिवारीले एकैपटक तीनजनामा कोरोना संक्रमित रहेको पुष्टि गरेका हुन् ।

तिवारीका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा कोरोना संक्रमण पाइएको हो । ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले जनाएको छ ।

योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो सवा ४ बजे हुने पत्रकार सम्मेलन अगावै सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितको विवरण सार्वजनिक गरेर यसबारे जानकारी गराएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

यो पनि पढ्नुस् ।

BREAKING : सातौं नेपालीमा कोरोना, आजै पुष्टि गर्दै सरकार !

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।