नेपाल सरकारले आज चैत्र २५ पछि लकडाउनको अवधि बढाउने पक्कापक्की छ । स्रोतका अनुसार कम्तीमा एक हप्ता बढाउने गरी मन्त्रिपरिषदमा सिफारिस पठाउने तयारी गरेको छ ।

यसैबीच, कोरोना भाईरसको थप संक्रमित पाइएको हुनाले पनि लकडाउन बढाउनुपर्नेमा बहुमत देखिन्छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप संक्रमित भेटिएको पुष्टि गर्नेछ ।

कोरोना भाईरसको थप संक्रमित पाइएको हुनाले पनि लकडाउन बढाउनुपर्नेमा बहुमत देखिन्छ ।

स्रोतका अनुसार, मार्च १९ मा संयुक्त अरब इमिरेट्सबाट आएका कैलालीका ३४ वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । अहिले उनैकी पत्नीसहित परिवारका अर्का एक सदस्यमा स्वास्थ्य परीक्षण गर्दा हिजो शुक्रबार राति संक्रमणको पुष्टि भएको स्रोतले जनाएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।