मार्च १९ मा संयुक्त अरब इमिरेट्सबाट आएका कैलालीका ३४ वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । अहिले उनैकी पत्नीसहित परिवारका अर्का एक सदस्यमा स्वास्थ्य परीक्षण गर्दा हिजो शुक्रबार राति संक्रमणको पुष्टि भएको स्रोतले जनाएको छ ।

आजै नेपाल सरकारले थप संक्रमित भेटिएको घोषणा गर्ने र चैत्र २५ पछि लकडाउनको अवधि कम्तीमा एक हप्ता बढाउने गरी मन्त्रिपरिषदमा सिफारिस पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

उनैकी पत्नीसहित परिवारका अर्का एक सदस्यमा स्वास्थ्य परीक्षण गर्दा हिजो शुक्रबार राति संक्रमणको पुष्टि भएको स्रोतले जनाएको छ ।

पालमा कोभिड– १९ (कोरोना भाइरस) को संक्रमण अब विदेशबाट फर्किएका मानिसमा मात्र सिमित रहेन । त्यस्ता मानिससँगको सम्पर्कका अन्य व्यक्तिमा पनि संक्रमण देखा पर्न थालेको छ ।

यसबाट विदेश हुँदै आएका मात्र होइन, यहीं बसेका परिवारजनमा समेत संक्रमणको खतरा बढेको, आफैं परीक्षण गर्न गएकाहरुको हकमा पोजेटिभ रिपोर्ट आएको तर यसरी परीक्षण गराउन नजानेको संख्या थुप्रै भएकोले नयाँ खाले समस्या सिर्जना हुन पुगेको समाचार जनआस्थाको अनलाइन संस्करणमा प्रकाशित भएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।