सल्यान । माझखर्कमा एकैघरका पाँचजनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेको छ । शंका गरिएका सिंगो परिवारलाई जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।

लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो । भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न शुरु गरेको थियो ।

उनलाई ज्वरो निको हुनाको साटो घरमा रहेका २७ वर्षीया श्रीमती, ११ र पाँच वर्षीया छोरी तथा आठ वर्षीय छोरालाई समेत ज्वरो आउन थालेपछि सल्यान अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको हो ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।