पत्रकारलाई मेयरले मुख छोडेपछि महाभारत

इटहरी । इटहरी उपमहानगरपलिकाका मेयर द्वारिकालाल चौधरी फेरि एकपटक विवादित बनेका छन् । यसअघि पनि पटकपटक विवाद तानिएका उनी कोरोना भाइरसको सन्त्रास बढेका बेला मिडियालाई गाली गरेर विवादित बनेका हुन् । यसअघि उनी पत्रकारलाई लोपारेर र नाकको डाँडी भाँचीदिन्छु भनेर विवादित बनेका थिए ।

कोरोनाको बिरुद्धको तयारीको बारेमा फोन सम्पर्क गरेको इटहरीको एरिना टेलिभिजनका प्राविधिकलाई अपशब्द प्रयोग गर्दै गाली गरेका हुन् । कोरोनाको महामारीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवाहक दिएर हालसम्म देखा नपरेका चौधरीलाई एरिना टिभीले फोन सम्पर्क गर्न खोजेको थियो । इटहरीमा रहेको एरिना टेलिभिजनका प्राविधिकले इटहरीमा कोरोना भाईरसको त्रास तथा अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गाली गरेका हुन् ।

सुन्नुस्, टेलिभिजनकर्मी र मेयरको वार्ता जस्ताको तस्तै ।

इटहरी नगरपालिका प्रमुख द्वारिकालाल चौधरी लाइ कुरा गर्दा यसरि अपसब्ध प्रयोग गरे

इटहरी उप महानगरपालिका प्रमुख द्वारिकालाल चौधरी लाइ हामीले कोरोना बिरुद्ध चालेका कदमहरु का बारेमा कुरा गर्दा यसरी अपसब्द प्रयोग गरे।

Posted by Arena television on Wednesday, March 25, 2020

तपाईंको प्रतिकृया