स्वदेश फर्किएका दुई नेपाली प्रहरीको विशेष निगरानीमा

काठमाडौं । यही चैत ६ गते एयर अरेबियाबाट नेपाल फर्किएका नेपालीमध्ये मकवानपुर जिल्लाका दुई जनाको पहिचान भएको छ । सो एयरलायन्सबाट आएकी उन्नाइस वर्षीया एक युवतीलाई कोरोना भाइरस संक्रमण भएको टेकु अस्पतालमा स्वास्थ्य परीक्षणपछि पुष्टि भएको थियो ।

सोही एयरवेजबाट सँगै फर्किएका नेपालीमध्ये ३२ वर्षीया युवती वैदेशिक रोजगारमा साइप्रसबाट कतार हुँदै नेपाल फर्किएपछि चन्द्रागिरिमा आफ्नै दाजुका घरमा बसेकी छन् । उनी बुधबार टेकु अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य स्थिति सामान्य रहेकाले होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी कतारबाट नेपाल आएर हेटौँडा बसेका एकजनालाई प्रहरीले सम्पर्क गरी होम क्वारेन्टाइनमा राखिएको छ । प्रहरीले निजलाई निगरानीमा राखेको जनाएको छ ।

 

 

तपाईंको प्रतिकृया