‘क्वारेन्टाइन कता ? डिलाइट पार्टी भेन्यु यता’

ललितपुर । सामाजिक उतरदायित्व अन्तर्गत डिलाईट पार्टी भेन्युले सरकारलाई सघाउने भएको छ । कोरोना भाइरसको संक्रमणबाट हुने सम्भाबित क्षति र त्यसको न्यूनिकरणको लागि स्थान उपलव्ध गराउने डिलाइट समूहले घोषणा गरेको हो ।

‘सयजना भन्दा वढी बिरामी राख्न मिल्ने क्वारेन्टाइनको लागि यो स्थान उपयुक्त हुने सोचेर सामाजिक कदम चालेका हौं ।’ डिलाईट पार्टी भेन्युका अध्यक्ष चेतनाथ बजगाईँले अनलाइन पत्रिकालाई भने, ‘पाटन अस्पतालदेखि नजिकै छौं, सहज हुनसक्छ, सहयोगी बन्न सक्छौं ।’

डिलाईट पार्टी भेन्युका अध्यक्ष बजगाईँ लाइन्स क्लब अफ काठमाडौं वल्र्ड भिजनका चार्टर प्रेसिडेन्टसमेत हुन् ।

तपाईंको प्रतिकृया