दिपकको जोशले बजारमा मास्क सहज

स्वास्थ्य सेवा विभागलाई मास्क वितरण गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्रा । तस्वीर : अनलाइन पत्रिका

अर्थ व्यूरो/अनलाइन पत्रिका

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राको सक्रियतामा स्वदेशमै डिस्पोसेबल मास्कको उत्पादन शुरु भएको छ । कोरोना प्रकोपले मास्कमा कालोबजारी शुरु भएपछि यसको अभाव भएको थियो ।

सर्वसाधारणलाई स्वास्थ्य र सुरक्षाप्रति गम्भीर हुन सुझाव दिँदै कमर्सका उपाध्यक्ष मल्होत्राले स्वदेशमै मास्कको उत्पादन प्रारम्भ गरेको हो । उत्पादन लगत्तै स्वास्थ्य सेवा विभागलाई पचास हजार थान मास्क वितरण गरिएको छ । उत्पादित मास्क निजी अस्पतालहरुलाई पनि वितरण गरिने छ ।

दैनिक उत्पादन गरिने मास्कलाई स्वास्थ्य विभागमार्फत बजारमा पु¥याइने बताइएको छ । करिब १ करोडको लगानीमा स्थापित कारखानामा दैनिक १ लाख मास्क उत्पादनको लक्ष्य राखिएको जनाइएको छ ।

तपाईंको प्रतिकृया