ललितपुरमा देखियो शंकास्पद कोरोना बिरामी

विदेशबाट फर्किएका व्यक्तिलाई खोज्दै प्रहरी

ललितपुर । ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालबाट एक बालिकालाई महाराजगंजस्थित कान्ति बाल अस्पतालमा रिफर गरिएको छ । कोरोना सक्रमणको आशंकामा जाँच गर्न ल्याइएको बालिकामा कोरोनाको लक्षणसँग ठ्याक्कै मिल्ने देखिएपछि अन्य अस्पतालमा रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका किसन नेपालीले बालिकाको स्वास्थ्यबारे प्रष्ट पार्दै भने, ‘अहिले फैलिएको कोरोनासँग मिल्ने लक्षण देखिएको छ । टेकुमा पठाएका थियौं । उताबाट कान्ति पठाइएको हो ।’

ती बालिका विदेशबाट फर्किएको व्यक्तिसँग नियमित भेटघाटमा रहेको खुलेको छ । बालिकाको स्वाब रिपोर्ट आज बेलुकासम्म आइपुग्ने अस्पतालले जनाएको छ । संक्रमणको आशंका गरिएको बालिका विदेशबाट आएका ती व्यक्तिसँग भेटघाटपछि २÷३ दिनपछि ज्वरो र खोकी आएपछि अस्पताल ल्याइएको डाक्टरले जनाएको छ ।

विदेशबाट आएका ती व्यक्ति कहाँ छन् भनेर प्रहरीले पत्ता लगाईसकेका छन् । प्रहरी ती व्यक्तिको सम्पर्कमा पुग्ने प्रयास गरिरहेका छन् ।

तपाईंको प्रतिकृया