गंगा दुःधराज
अनलाइन पत्रिका/ललितपुर ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपपमुख मुना अधिकारीद्वारा प्रयोग गर्दै आउनुभएका सवारी साधनलाई समेत एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने घोषणा गरेका छन् ।

प्रकोपको बेला नगरपालिकाका एम्बुलेन्स सेवा व्यस्त रहेमा ती गाडीहरु प्रयोग गर्न सकिने बताएका हुन् ।

गोदावरी नगरपालिकाको आकस्मिक कोष

गोदावरी नगरपालिकाले रु ५१ लाखको आकस्मिक कोष खडा गरेको छ । कोरोनाको संक्रमणबाट नगरवासीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी यसको न्यूनिकरणका लागि उक्त कोष खडा गरिएको बताइएको छ ।

कोषमा सहयोग गर्न चाहने इच्छुक संघसंस्था, व्यवसायी, बुद्धीजिवी, सहकारीलगायतका महानुभावहरुलाई नेपाल बैंक लिमिटेड, चापागाउँ शाखामा रहेको ०७८००१००६२८०२३०००००१ नं.को खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।