सम्झाएपछि बल्ल राउटे बस्ती ‘लक डाउन’

सुर्खेत । नेपालमा कोरोना भाइरसका संक्रमण देखिएपछि राउटे बस्तीमा पनि ‘लकडाउन’ गरिएको छ । सुर्खेतको छिन्चुखोला किनारमा अवस्थित राउटे बस्तीमा अन्य मानिसलाई प्रवेश निषेध गरिएको छ ।

जंगलमा फिरन्ते जीवनयापन गर्दै आएको यो समुदाय हालै छिन्चुखोला किनारमा सरेको हो । नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले कोरोना भाइरस संक्रमण रोकथामका लागि राउटेलाई पनि बस्ती बाहिर आउन नदिने र गैरराउटे समुदायका व्यक्तिलाई उक्त बस्ती प्रवेश गर्न नदिन कडाई गरिएको बताए ।

तपाईंको प्रतिकृया