एकाएक हुल बोकेर गजेन्द्र बजारमा उत्रिएपछि…

ललितपुर । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले खाद्यान्न स्टोरहरुको अनुगमन गरेको छ । टोलीसँगै बजारमा उत्रिएका नगर प्रमुख गजेन्द्रले प्यांङगाउँ, चापागाउँ र ठेचोमा अवस्थित खाद्य पसलहरुको अनुगमन गरेको हो ।

गजेन्द्रसँगै वडा अध्यक्षहरु दर्शन विष्ट, निलबहादुर देशार, जगतबहादुर महर्जन, महानगरीय प्रहरी परिसर चापागाउँका डिएसपी कृष्णराज ओझा, गोदावरी उद्योग बाणिज्य संघका अध्यक्ष जगनाथ महर्जन सहभागी थिए । टोलीले खाद्यान्न स्टोरहरुमा पुग्ने मौज्दात रहेको उल्लेख गरेको छ ।

अनलाइन पत्रिकासँग कुरा गर्दै नगरप्रमुख गजेन्द्रले यस्तो परिस्थितीमा कोहीकसैले मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको सुन्न नपरोस् भनेर आकस्मिकरुपमा बजार अनुगमन गरिएको प्रतिक्रिया दिए ।

 

तपाईंको प्रतिकृया