चापागाउँमा कोरोनाले फैलाएको त्रास

ललितपुर । मंगलबार दिनभर चापागाउँवासीको लागि त्रासमय हुँदै बित्यो । कारण भने चापागाउँमा एकजना कोरोना सक्रमित युवा बसेका चन् भन्ने हल्लाले ।

यो हल्ला चापागाउँभरि आगो फैलिएजस्तै फैलिएको थियो । टोलकै एकजनाले महानगरिय प्रहरी वृत्त चापागाउँमा टेलिफोनमार्फत घटनाको जानकारी टिपाए ।

लगत्तै प्रहरीले ती व्यक्तिलाई टेकु पठाएको स्विकार्दै महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले भने, ‘ती युवा चैत्र ६ गते जर्मनीबाट फर्किएका हुन् ।’

ती युवा डाक्टरसँग जाँच गरेर र फर्किसकेका छन् । उनलाई सेल्फ क्वारेटाइनमा बस्न सल्लाह दिएर फर्काइएको छ ।

तपाईंको प्रतिकृया