भ्रम छर्ने अनलाइनहरुलाई कारवाही

काठमाडौं । जनस्वास्थ्यसम्बन्धी भ्रामक, उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गर्ने मिडियाहरुलाई कारवाही अघि बढाएको छ ।

अपुष्ट समाचार संप्रेषण गरेको भन्दै १७ वटा अनलाइन, टिभी र पत्रिकासँग प्रेस काउन्सिलले पत्रकार आचारसंहिता विपरितका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टिकरण सोधेको हो ।

दर्ता नभई संचालित अरु ७ वटा अनलाइनको प्रसारण नेपालभरि हेर्नै नमिल्ने बनाइएको प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले बताए ।

तपाईंको प्रतिकृया