सरकारको दावी

'सबैको पहिचान भयो, सबैलाई क्वारेन्टाइनमा पठाइएको छ'

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताएका छन् ।

कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला चढेको जहाजमा रहेका व्यक्तिहरुको पहिचान भइसकेको सरकारले जनाएको हो । संक्रमित महिलासँग घरमा रहँदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको र जहाजमा सँगै आउने व्यक्तिहरुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले जानकारी गराए ।

#कोरोना

तपाईंको प्रतिकृया