रोकियो सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं । कोरोनाको संक्रमणका कारण यसवर्षको सेतो मच्छिन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ । सेतो मच्छिन्द्रनाथसँग क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए ।

सो निर्णयमा गुठी संस्थान, सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकारवाला निकायको उपस्थिती थियो ।

तपाईंको प्रतिकृया