काठमाडौं । काठमाडौंमा एकजनामा कोरोना भाइरस (कोभिड १९ं) का संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना पाइएको पुष्टि गरेको हो ।

कतार हुँदै नेपाल प्रवेश गरेका एक नेपालीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि ।

चैत्र ४ गते कतारबाट काठमाडौं अवतरण भएका यात्रुहरुमध्ये एकमा कोरोना भएको प्रष्ट पारेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार हुँदै नेपाल प्रवेश गरेका एक नेपालीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।

विदेशबाट आएका ६०० जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ । उनलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ । यता सोहीदिन काठमाडौं ओर्लिएका २ सय ४० यात्रुहरुको स्वास्थ्य अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ ।

#कोरोना

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।