सेल्फ क्वारेन्टाईनमा ललितपुरका व्यवसायी सुरक्षित

ललितपुर । ललितपुरका सम्पूर्ण व्यवसायीहरुलाई सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गरेको छ ।

ललितपुर च्याम्बर अफ कमर्स, कुमारीपाटी जावलाखेल व्यापार संघ र ललितपुर तयारी पोशाक व्यापार संघले संयुक्तरुपमा अनुरोध गरेको हो । कोरोना भाइरसको संक्रमणबाट विश्वभरि नै आतंकित भइरहेको यथार्थमा यी संघहरुले संक्रमणको जोखिमबाट जोगिन यस्तो आग्रह गरेका हुन् ।

‘नेपाल सरकारको आह्वानमा हामीले समर्थन जनाएका हौं’, ललितपुर च्याम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य भन्छन्, ‘आ–आफ्नो सुरक्षा पहिलो प्राथमिकता हुनाले सरकारको निर्देशनलाई अक्षरंश पालना गर्नुपर्ने प्रमुख दायित्व हो ।’

पढ्नुस् विज्ञप्ति ।

तपाईंको प्रतिकृया