ललितपुरमा संयुक्त सहकारी सतर्कता

 ललितपुर । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम नियन्त्रणका लागि ललितपुरका सहकारी छाता संगठन एकताबद्ध भएका छन् ।

कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाई सतर्कता आवश्यक भएको हुनाले यी छाता संगठन तयारी अभियानमा जुटेका हुन् । सतर्कता अबलम्बन गर्न जिल्ला सहकारी संघ लिमिटेड, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ र जिल्ला कृषि सहकारी संघ एकढिक्का भएका हुन् ।

यसरी छाता संगठन जुटेर १० बुँदे सुरक्षा सतर्कता जारी गरेका छन् । जसमा नगद कारोबार भन्दा चेक तथा डिजिटल कारोबारमा प्राथमिकता, संस्थाको कारोबार दैनिक २ घण्टा र संस्थामा हात धुने र सेनिटाइजरको व्यवस्था गर्नुपर्नेलगायतका बुँदा छन् ।

पढ्नुस् पूरै विज्ञप्ति

 

तपाईंको प्रतिकृया