सहकारी महासंघको उदाहरणीय उर्दी

ललितपुर ।
राष्ट्रिय सहकारी महासंघले वित्तीय सहकारी संस्थाहरुलाई सेवा प्रवाह जारी राख्न आह्वान गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आंशिक समय कार्यालय संचालन गरेर सदस्यहरुलाई सेवा प्रवाह गर्न आहवान गरेको हो ।

नेपाल सरकारले विश्वभर फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन चैत ९ देखि २१ गते सम्मका लागि मुलुकमा अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरेको अवधिमा स्वास्थ्य सहकारी संस्थालाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न र उपभोक्ता सहकारी संस्थाहरुलाई अत्यावश्यक वस्तुको आपूर्ति गर्न आग्रह गरिएको महासंघका अध्यक्षा मीनराज कँडेलले बताए ।

तपाईंको प्रतिकृया