कोरोना कहर : सुनचाँदी पसलपनि बन्द

ललितपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सुनचाँदी व्यवसायपनि बन्द हुने भएको छ । नेपाल सरकारले जारी गरेको निर्देशन बमोजिम नेपाल सुनचाँदी व्यवसायी महासंघले समर्थन जनाएको हो ।

नेपाल सरकारले स्वास्थ्य सतर्कता अपनाउन चैत्र ९ गतेदेखि २१ सम्म रोग नियन्त्रणको लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवालाई रोकेको छ ।

रोग नियन्त्रणका लागि सरकारले अपनाएको कदमप्रति हामी सकारात्मक छौं । महासंघका केन्द्रिय सदस्य सुविन बज्राचार्यले भने, ‘सरकारको नीति र कार्यक्रममा हाम्रो पूर्ण सहमति छ ।’

तपाईंको प्रतिकृया