ललितपुरका विद्यालयलाई एकमुष्ट सूचना

ललितपुर । शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा संचालन र नतिजा प्रकाशन रोक लगाएको छ । कोरोना भाइरसको प्रकोप बढिरहेको सन्दर्भमा नेपाल सरकारको निर्देशन अनुरुप रोक लगाएको हो ।

ललितपुरमा रोक लगाइएको सूचना जारी गरिएपनि कतिपय विद्यालयहरुले अटेर गरिरहेको सूचना प्राप्त भएको इकाई प्रमुख योगेन्द्र बरालले अनलाइन पत्रिकालाई बताए । उनले भने, ‘अर्काे निर्णय नआएसम्म स्थगित गर्न भनेका छौं ।’ बरालका अनुसार यदि विद्यालयहरुले अटेर गरे कानुनी कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

यसैगरि, नेपाल सरकारको निर्देशन अनुरुप ललितपुरमा संचालित सेन्ट जेभियर्सले कक्षा १ को नतिजा प्रकाशन र विद्यार्थी भर्ना स्थगित गरिएको स्कूलले जनाएको छ ।

तपाईंको प्रतिकृया