देवकोटाको दुर्लभ तस्वीर

सजिना श्रेष्ठ

यो तस्बिर २०१६ साल भाद्र महिनामा खिचिएको हो । तस्वीरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी धर्मपत्नी र कान्छा छोरा देख्न सकिन्छ । यो दुर्लभ तस्बिर हो ! यस तस्वीरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवनको अन्तिम क्षणमा देखिएको छ । जीवन र मृत्युुसँग लडिरहेका महाकवि देवकोटा रसिया जाँदा एक साहित्यकार ले देवकोटाको तीन महिनाको तलब रोक्का गरिदिएका थिए ।

यहीबेला क्यान्सरसँग जुध्दैँ पढाउनुपर्ने बाध्यता बन्यो । देवकोटाको उपचारको लागि कतैबाट पहल नभएपछि देवकोटाले उनलाई भेट्ने आउने सबैलाई विष ल्याईदिन आग्रह गर्नुहुन्थ्यो । यसरी छट्पटिएर देवकोटाले २०१६ साल भाद्र २९ गते देहत्याग गरे । देवकोटाको मृत्युपछि नेताहरुले आँसु झारे । रोए । भन्दै थिए, ‘आज देशका एक महान साहित्यकार सदाका लागि जानुभयो ।’ फूल त कति हो कति चढाइयो ! शोक धुन बजाइयो । देवकोटाको शब सजाइएको थियो ।

 

तपाईंको प्रतिकृया