यसकारण रोकियो सेन्ट जेभियर्सको नतिजा

ललितपुर । सेन्ट जेभियर्सले कक्षा १ को प्रवेश परीक्षाको नतिजा प्रकाशन स्थगित गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संभावित प्रकोपलाई ध्यान राख्दै नतिजा प्रकाशन तथा भर्ना सम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगित गरिएको हो ।

नेपाल सरकारको निर्देशन अनुसार सेन्ट जेभियर्सले चैत्र ५ गते प्रवेश परीक्षा लिइएको स्कूलका प्रिन्सिपल जर्ज पी एमले अनलाइन पत्रिकालाई बताए । यसबाट अभिभावक र विद्यार्थीहरुमा पर्न गएको असुविधापंति विद्यालय व्यवस्थापनले क्षमायाचना समेत गरेको छ ।

तपाईंको प्रतिकृया