स्वदेश टेक्ने बित्तिकै सिधै क्वारेन्टाइनमा

भक्तपुर । विभिन्न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् ।

आज थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको हो । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको थियो । छयहत्तर वर्षीया एक वृद्धासहित पाँच महिला र ५७ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ ।

तपाईंको प्रतिकृया