गोदावरीमा गजेन्द्रको ‘बोल्ड डिसिजन’

बज्रबाराही अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने

ललितपुर । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने नगर प्रमुख गजेन्द्र महर्जनले बताए ।

नगरपालिकाले कोरोना (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा १० देखि १५ जना बिरामी अट्ने क्वारेन्टाइन निर्माण गर्न लागिएको हो ।

कोरोनाबाट सावधानी अपनाउन सो क्वारेन्टाइनको व्यवस्थापन भइरहेको नगर प्रमुख गजेन्द्र महर्जनले बताए । नगरपालिकाले कोभिड–१९ को त्रासलाई हटाउन १४ वटै वडामा स्वास्थ्यचौकीसहितको हेल्थ डेस्क, नगरपालिका भित्रने हरेक मानिसको ज्वरो नाप्ने गन, मास्क र स्यानिटाइजर प्रयोग गर्न लगाउने व्यवस्था गरिरहेको छ ।

तपाईंको प्रतिकृया