कोरोनाका सम्बन्धमा स्वास्थ्यविज्ञको खुलासा

राजेशकुमार गुप्ता

एकजना नागरिक समाजको अगुवा तथा फिजिसियनले जनतामा भ्रम फैलाउने काम गरेको छ । म उहाँलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अवलोकन गरी सत्य तथ्य बुझ्न आग्रह गर्दछु । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड १९ को कुनैपनि नमुना फिर्ता पठाएको छैन । प्राप्त भएको सबै नमुनाको टेस्ट गरेका छौ ।

सबैको नतिजा नेगेटीभ आएको छ ।

डब्लुएचओले समेत प्रमाणित गरेको छ ।

बी एण्ड बी को नमुना भाइरस टेस्ट कै लागि पठाएको हो । पछि उहाँहरुले फोन गरेर कोभिड १९ को टेस्ट पनि गर्नको लागि अनुरोध गरेपछि हामीले तुरुन्तै कोभिड १९ टेस्ट गरेर रिपोर्ट सम्बन्धित डा. लाई जानकारी गराएको हो । हामीसँग पर्याप्त मात्रामा पीसीआर किट तथा प्रयोगशाला विज्ञहरु रहेको छ ।

डब्लुएचओका एकजना विज्ञ डा. प्रत्येक दिन यस प्रयोगशालामा बसेको हुन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अहिले सम्म ५४७ जनाको कोभिड टेस्ट गरिसकेको छ । सबैको नतिजा नेगेटीभ आएको छ । डब्लुएचओले समेत प्रमाणित गरेको छ । हाम्रो सुझाव यतिमात्र हो की सबै जना सुरक्षित बसौं । साबुनपानीले हात धुने हो । भ्रामक कुराहरुमा विश्वास नगरौ ।

गुप्ता प्रयोगशाला विज्ञ हुन् । हाल उनी सूचना अधिकारीको सहयोगी भूमिका हुनुहुन्छ ।

#कोरोना #प्रयोगशाला #WHO

तपाईंको प्रतिकृया