कोरोनाको प्रभाव

 इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”

पेरिस । युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ । यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो । अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको छ । अमेरिकामा यति कठोर कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि औलोका बिरामीलाई दिइने औषधिको प्रयोग गर्न पहिलो पटक अनुमति दिइएको बताउनु भएको छ । एएफपी

#कोरोना #इटाली #चीन #अमेरिका

तपाईंको प्रतिकृया