ललितपुर । ललितपुर महानगरपालिकाले आवास क्षेत्रभित्र विद्युतीय शवदाह गृह राख्ने निर्णय गरेपछि स्थानीयहरुको विरोधले उग्ररुप लिएको छ । गत साउन २३ गते बसेको बैठकले महानगरपालिका– ११ स्थित मणिडोल, शंखमुलमा विद्युतीय शवदाह गृह राख्ने निर्णय गरेको थियो ।

स्थानीयले पुस्तौदेखि कृषि गर्दै सो ठाउँलाई २०६१ सालमा नगर विकास कार्यालयमा वागमती फाँट जग्गा एकीकरण आयोजना अन्तर्गत टाउन प्लान गरेको थियो । अहिले सो ठाउँ आवास क्षेत्रमा पर्दछ । निर्णय अनुरुप शवदाह गृह बनाउन महानगरपालिकाले कित्ता नम्बर १०५७ लाई अधिग्रहण गरिसकेको छ ।

सो जग्गाको क्षेत्रफल एक रोपनी तीन आना रहेको छ । महानगरपालिकाले स्थानीयसंग कुनै सरसल्लाह र छलफल नगरी सो ठाउँमा शवदाह राख्ने निर्णय गरेको भन्दै स्थानीयहरु अहिले संघर्षमा उत्रिएका छन् ।

 

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।