गोरखापत्रका ‘नक्कली पत्रकार’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्रका पूर्व उपसम्पादक बासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाएर सरकारी सेवाको लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ ।

पोखरेलले नक्कली प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले विज्ञप्ति जारी गरेका छन् । अख्तियारको अभियोग प्रमाणित भए उक्त कानुनअनुसार उनलाई छ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजारसम्म जरिवाना हुनसक्छ ।

तपाईंको प्रतिकृया