सातापछि सुनको मूल्यमा बृद्धि

काठमाडौँ । अघिल्लो सातादेखि लगातार ओरालो लागेको सुनको भाउ आज भने ह्वात्त बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार हिजो मंगलबार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ६९ हजार २ सय तथा तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया