प्रभावकारी बन्दै ट्राफिक स्वयंसेवक अभियान

बुधबार, १५ असोज २०७६

विशेष गरी दसैंतिहारलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा सञ्चालित स्वयंसेवक परिचालन प्रभावकारी हुँदै आएको छ । महाशाखाले युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा असोज ५ गतेदेखि काठमाडौंका २५ ठाउँमा ‘हामी बिनाबर्दीका ट्राफिक हौं’ भन्ने अभियानमार्फत पाँच सय युवा स्वयंसेवक परिचालन गरेको हो ।
चाडपर्वको समयमा हुने भीडभाड र सवारीचापको व्यवस्थापनमा स्वयंसेवकहरू आफ्नो जिम्मेवारी अनुसार खटिएकाले सो काम प्रभावकारी भएको र त्यसगरी यात्रुलाई सफल यात्रा गराउन, एकै ठाउँमा हुने भीड हटाउन, चाडपर्वको समयमा घट्ने घटनाप्रति यात्रुलाई सचेत गराउनु , सरकारले जेब्राक्रस र आकासेपुलको निर्माण गरेको भए पनि त्यसलाई बेवास्ता गरी जोखिमपूर्ण यात्रा गरिरहेका यात्रुलाई पुलको प्रयोग गर्न लगाउने जस्ता कामहरु स्वयंसेवक हरुले गरिरहेको महाशाखाले बताएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुुसार ट्राफिक प्रहरीले मात्रै भीडभाडको समयमा सवारी व्यवस्थापन गर्न कठिन हुने हुँदा, ‘ट्राफिकलाई नदेखेको अवस्थामा सवारीचालकले मनपरी गाडी गुडाउँछन् जसले गर्दा दुर्घटनाको जोखिम बढिरहेको हुन्छ,, ‘त्यस्तो अवस्थामा ट्राफिक स्वयंसेवकको भूमिका महत्तवपूर्ण हुने हुँदा पाँच सय जना स्वयंसेवक खटाइएको हो । उनीहरूले ट्राफिकको बर्दी नै नलगाए पनि सवारीचालकलाई ट्राफिक नियमबारे जानकारी गराउँछन् ।’ चाडपर्वको समयमा गाडी र पैदलयात्रु दुवैलाई हतार हुने भएकाले सो समयमा हुने दुर्घटना न्यूनीकरण गर्नु नै स्वयंसेवक परिचालनको उद्देश्य रहेको र यो अभियान कात्तिक १५ रहने महाशाखाले महाशाखाले बताएका छ ।

राजधानीको दरबारमार्ग, केशरमहल, जमल, रणोद्दीप, त्रिचन्द्र कलेज, भोटाहिटी, वीरअस्पताल, जुद्ध सालिक, न्युरोड, नागस्थान, थापाथली, त्रिपुरेश्वर, कोटेश्वर, बानेश्वर पानीट्यांकी, नयाँ बसपार्क, माइतीघर, सिंहदरबार, पुतलीसडक, कुपन्डोल, पुल्चोक, कालीमाटी, महाराजगन्ज, गौशाला, बीएन्डबी हस्पिटल, कलंकीलगायत २५ स्थानमा स्वयंसेवकले सडक सवारी व्यवस्थापनमा मद्दत गरिरहेका छन् । एक ठाउँमा २० जना स्वयम्सेवक खटिएका छन् ।
स्वयंसेवक परिचालनसँगै भीडभाडको समयमा अलपत्र परेका यात्रुलाई सहायता कक्षमा रही सहयोग पु‍¥याउने उद्देश्यले त्यसका लागि उपभोक्ता संरक्षण समिति, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहकार्यमा उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू हलचोक, नयाँ बसपार्क, माछापोखरी, पुरानो बसपार्क, सुन्धारा, चाबहिललगायत स्थानमा नागरिक सहायता कक्ष राखिएको छ ।

 

तपाईंको प्रतिकृया