अझै पनि ठूलो पानी पर्ने भएकाले दशैँमा घर जाने यात्रुहरुलाई सावधानी पूर्वक यात्रा गर्न आग्रह


मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन सक्रिय रहने सम्भावना रहेको र आजदेखि हिजोअस्तिभन्दा धेरै पानी पर्नसक्ने सम्भावना पनि रहेको छ ।
महाशाखाले दशैँमा घर जानेहरुले पनि पहिरो जान सक्ने राजमार्गका सम्भावित ठाउँहरुमा सावधानी अपनाउन आग्रह गर्दै सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया