‘संसारै बैमानी’ गाउँदै संचारकर्मी अनुप

सफलता भण्डारी
अनलाइन पत्रिका

काठमाडौं ।
कलम चलाएर तारिफ कमाएका पत्रकार अनुप ओझा गलाको कला देखाउँदै उत्रिएका छन् । ‘वारिको डाँडामा म’ गीतसहित गायकको परिचय बोकेर उदाएका अनुपले दोस्रो गीत ‘संसारै बैमानी’ सार्वजनिक गरेका छन् ।

पहिलो गीतबाट राम्रै चर्चा बटुलेका अनुपले ‘संसारै बैमानी’ मा दशक लामो द्वन्द्व र संक्रमणबाट गुज्रिएको नेपाली समाजको चित्रण छ । अवसरको खोजीमा विदेशिने तन्नेरी र यही उपक्रममा बैमानीको पासोमा परेर बदलिन बाध्य भएको तन्नेरीको परिवर्तन र इमानमाथि नै बैमानीले कसरी हिलो छ्यापिरहेका छन् भन्नेबारे अनुपले गीतमार्फत प्रहार गरेका हुन ।

गीत सुन्नुस् यता ।

 

तपाईंको प्रतिकृया