संविधान कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट संविधान निर्माण भएको हुनाले संविधान कार्यान्वयनका लागि एकजुट हुनु पर्ने बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहोर्‍याए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

File Photo

तपाईंको प्रतिकृया