संविधान दिवसको अवसरमा ओपिडिको टिकट निशुल्क

संविधान दिवसका अवसर पारेर सरकारी स्वास्थ्य संस्थाको बहिरंग ं(ओपिडींं) तर्फको टिकट निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ।
स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्करूपमा प्रदान गरिरहेका छन् ।

मन्त्रालयले संविधान कार्यान्वयन भएपछि आज पहिलोपटक ओपिडीतर्फको टिकट निःशुल्क गरेको हो। यसबाट विपन्न समुदायका बिरामीले थप राहत पाउने र यही अवसर पारेर जुम्ला अस्पतालले गरिबि, बिपन्न जनतालाई कुनै शुल्क नलिई उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालमा दैनिक ओपिडीतर्फ १५ सयदेखि १८ सयसम्म बिरामी सेवा लिन आउँछन्। अस्पतालका निर्देशक प्रा डा. केदार सेञ्चुरीका अनुसार आज ओपिडीतर्फको टिकट निःशुल्क गरिएको छ ।

 

तपाईंको प्रतिकृया