४ वर्षकी बालिकाको यस्तो अबस्था, बचाइदिन सबैसंग आग्रह (भिडियो सहित)

दिदीबहिनी खेल्दाखेल्दै एक्कासी बहिनी निर्मला चेपाङ्को शरिरमा तातो पानी खनीएपछि ४ बर्षीया बालिका निर्मला चेपाङ्को उपचारमा समस्या भएको छ । सात दिनदेखि दमौली अस्पतालमा उपचाररत बालिकालाई अस्पतालले थप उपचारका लागि पोखरा लैजान अनुरोध गरे पनी आर्थिक अभावका कारण दमौली अस्पतालमै रहनुपरेको बालिकाकी आमा धनमाया चेपाङ्ले बताइन् । तर आठौ दिनको दिन बालिकालाई पोखरा गण्डकी अस्पतालमा ल्याइएको गणेश चेपाङले बताए ।
चितवन घर भई हाल तनहुँको व्यास ११ मा मजदुरी गर्दै आएका उनका बाबु गणेशमान चेपाङ् र आमा धनमाया चेपाङ्ले छोरीलाई बचाइदिन सबैसंग आग्रह गरेका छन् । बुबा गणेशमान चेपाङ् एक इट्टा भट्टामा दैनिक मजदुरी गरी कमाएको पैसाले ६ जनाको परिवार पाल्नुपर्ने र छोरीको उपचारमा आर्थिक अभावले थप उपचार गर्न नसकेको बालिकाकी आमा धनमाया चेपाङ्ले बताइन् ।
४ बर्षिया बालिका निर्मला चेपाङ्को थप उपचारमा सहयोग गर्न उनकी आमा धनमाया चेपाङ्को मोवाइल नम्वर ९८२६१३११२४ मा फोन गरी अथवा गण्डकी अस्पतालमै बिरामी बालिकालाई भेटी सहयोग गर्न सकिनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् …

तपाईंको प्रतिकृया