पाँचौ कीर्तिपुर महोत्सवमा घुम्न जाने हो की ?

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा पर्यटकिय नगरी किर्तिपुरमा ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ सुरु हुने भएको छ । किर्तिपुरको नयाँ बजारको खेलकुद मैदानमा यहि भाद्र २७ गते शुक्रबार देखि असोज ८ गते बुधबारसम्म उक्त महोत्सव हुने भएको हो ।

सामाजिक कार्य, म्युजिक अवार्ड तथा औद्योगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था तथा नयाँ बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनको संगको संयुक्त आयोजनामा उक्त पाँचौ कीर्तिपुर महोत्सव २०७६ आयोजना गर्न लागिएको बताइएको छ ।

‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ भाद्र २७ गते शुक्रबार देखि असोज ८ गते बुधबारसम्म ।

महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । उक्त मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शनी रहनेछ ।

तपाईंको प्रतिकृया