तीजको भाकामा सुषमाको इन्ट्री

काठमाडौं । गायिका मीना निरौलाको स्वरमा रहेको तीज गीतमा महिला उद्यमी तथा वरिष्ठ ब्युटिसियन फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महराको इन्ट्री गरेकी छन् ।

सुषमाकै शब्द रहेको उक्त गीतमा संगीत गायिका निरौलाले दिएकी छिन् । गीतको भिडियोमा नायिका नीता ढुंगानाको जोडदार नृत्य देख्न सकिन्छ । भिडियोमा नायिका ढुंगानासंगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ ।

उज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

तपाईंको प्रतिकृया