कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौं, श्रावण ३२ । आज बिहान वरिष्ठ कलाकार शुभद्रा अधिकारीको डल्लुस्थित आफ्नै निवासमा निधन भएको छ ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।

अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने बताइएको छ । उनको श्रद्धाञ्जली तथा अन्त्येष्टी आज १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा हुने भएकोले सबैलाई उपस्थितिको लागि नेपाल चलचित्र कलाकार संघले आह्वान गरेको छ ।

तपाईंको प्रतिकृया