नबिल बैंकको मुनाफा ४ अर्ब भन्दा माथि

काठमाडौं, श्रावण २९ । नबिल बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै, एक वर्ष भित्र ४ अर्ब २९ करोड ४१ लाख रुपैंया मुनाफा आर्जन गरेको जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको नाफा ७.८४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ९८ करोड रुर्पैया मुनाफा आर्जन गरेको थियो । बैंकले अघिल्लो आर्थिक वर्ष ३४ प्रतिशत लाभांश दिएकोमा यस वर्ष त्यो भन्दा बढी लाभांश दिने क्षमता देखाएको छ । बंैकको वितरणयोग्य मुनाफा भने ३ अर्ब १८ करोड ४६ लाख रुपैंया रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा खुद आम्दानी ६ अर्ब २६ करोड २० लाख थियो भने यो वर्ष बैंकको खुद ब्याज आम्दानी १७.१५ प्रतिशतले बढेर ७ अर्ब ३३ करोड ६० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ८१ करोड ६ लाख रुपैंया निक्षेप संकलन गरेको थिया भने गत आर्थिक वर्ष बैंकले १ खर्ब ६४ अर्ब ३७ करोड ६० लाख निक्षेप संकलन गरको छ । सोही अवधिमा अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब ९ अर्ब पाँच करोड ९३ लाख कर्जा लगानी गरेको थियो भने गत आर्थिक वर्षमा १८.५४ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २० करोड ४३ लाख पुगेको छ । बैंकको बेस रेट ८.०९ प्रतिशत रहेको छ भने खराब कर्जा ०.७४ प्रतिशत रहेको छ ।

तपाईंको प्रतिकृया