ललितपुरमा बिउ एटिएमको उद्घाटन

सफलता भण्डारी/अनलाइन पत्रिका न्यूज नेटवर्क ।
ललितपुर । ललितपुर महानगरपालिकाले बिउ एटिएम (seed ATM) को उद्घाटन गरेको छ । भारतमा प्रचलनमा रहेको Beta Automation बाट निर्मित यस मेशिनले ३६ किसिमका सिजनल तरकारी तथा फलफुल बिउहरु आपूर्ति गर्ने गर्दछ । उक्त मेशिन नेपालमा नै पहिलोपटक परिक्षण भईरहेको छ । प्रत्यक्ष मानबरहित यस मेशिनको स्क्रिनमा रहेको प्रेश बटन दबाई ईच्छाएको बिउको किसिमलाई बालीको फोटोमा छनोट गरेर त्यसमा देखिएको मूल्य बराबरको कागजि नोट छिराई दिएमा रोजेको बिउको प्याकेट प्राप्त हुनेछ ।
उक्त मेशिनको उद्घाटन गर्दै महानगरपालिकाको मेयर चिरिबाबु महर्जनले महानगरपालिकाले सुरुवात गरेको बिभिन्न खालको नयाँ कार्य मध्य यो पनि एक रहेको बताउनु भएको थियो । उहाँका अनुसार महानगरपालिकामा रहेको उक्त मेशिन पछि २९ वटा नै वडामा बिस्तार गर्ने पनि बताउनु भएको थियो । उक्त मेशिन महानगरपालिकाले सम्पूर्ण लागत सहित ९ लाखमा खरिद गरेको हो ।

तपाईंको प्रतिकृया