सहकारीको सन्दर्भ ब्याजदर सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर । जिल्ला सहकारी संघ ललितपुर, बचत तथा ऋण सहकारी संघ ललितपुर, बहुउदेश्यीय सहकारी संघ ललितपुर र जिल्ला सहकारी संघ ललितपुरको आयोजनामा सहकारीको सन्दर्भ ब्याजदर सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारले सहकारीहरुका लागि निर्माण गरेको सहकारीले ऋण लगानी गर्दा सदस्यहरुबाट अधिकतम् १६ प्रतिशत मात्र ब्याज लिन पाउने भन्ने नियम आए लगत्तै सहकारी अभियन्ताहरुमा एउटा अन्यौलता सिर्जना भएको छ । त्यहि अन्यौलतालाई हटाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, सहकारी बिभागका रजिस्टार डा. टोकराज पाण्डे साथै सहकारी अभियन्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी अभियन्ताहरुको जिज्ञासालाई सहकारी बिभागका रजिस्टार डा. टोकराज पाण्डे साथै सन्दर्भ ब्याजदर निर्धारण समितिमा रहेका राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले उक्त बिषयमा प्रष्ट पार्नुभएको थियो ।

तपाईंको प्रतिकृया