पुस्तक प्रदर्शनी शुरु


ललितपुर । नेपाल भाषा एकेडेमीको आयोजनामा आजदेखि पुस्तक प्रदर्शनी शुरु भएको छ । श्रावण २४ देखि २६ गतेसम्म चल्ने उक्त प्रदर्शनी जावलाखेल स्थित ताम्राकार समाजको भवनमा भइरहेको छ ।

जनकवि दुर्गालाल श्रेष्ठले पानसमा बत्ति बाली सो पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षमा नेपाल भाषा एकेडेमीका चान्र्सलर चित्तरन्जन नेपाली र भाइस–चान्र्सलर यक्षरत्न धाख्वा: द्वय रहनु भएको थियो ।

प्रदर्शनी समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राखिएको छ ।

तस्विर : श्रवण मजर्हन

तपाईंको प्रतिकृया