सन्दर्भ : सहकारीमा व्याजदर

नेपाल सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा सदस्यबाट अधिकतम १६ प्रतिशत मात्र ब्याज लिन पाउने भनी नियम बनाई कार्यान्वयनका लागि अघि बढेको छ । यस्तै, सरकारी संस्थाहरुको स्प्रेड दर समेत ६ प्रतिशत तोकिएको छ ।

सहकारीले ऋणीबाट लिने ब्याजदर र स्प्रेड दरको नयाँ व्यवस्था साउन १९ गतेदेखि लागू हुने सहकारी विभागले जानकारी दिईसकेको छ । तर कति सहकारी अभियन्ताहरुले भने कार्यान्वयनको पाटोलाई लिएर आपत्ति जनाईरहेका छन् । यसै सन्दर्भमा जोडेर ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईँसँग सहकारी व्यूरोकी संयोजक सफलता भण्डारीले गरेको विशेष सहकारी संवाद ।

१. सरकारले सहकारीहरुलाई अधिकतम ब्याजदर १६ प्रतिशत तोकी कार्यान्वयन गराउने निर्देशन मान्नुभएको छ ?

– राज्यले ल्याएको यो कार्यक्रम राम्रो छ । हामीले स्बागतपनि गरेका छौ । तर राज्यले ल्याउने कानुन ल्याउँदा खेरि कार्यान्वयन गर्न सक्ने तबरले त ल्याउनुप¥यो भन्ने हाम्रो भनाई हो । सरकारले ल्याएको नियम कार्यान्वयन हुनु भन्दा अगाडि लगानी गरेको ऋणको हकमा चाहिँ के गर्ने भन्ने कुरा प्रष्ट छैन । सरकारले कार्यान्वयनको समय सिमा पनि तोक्नुपर्ने हो । तर यसो नहुँदा यो निर्णय अपरिपक्व निर्णय जस्तो देखियो ।

२. सुझाव समितिमा सहकारी अभियन्ताहरु नि थिएँ होलान् अनि उहाँहरुले बनाएको नियममा तपाईँहरुको असन्तुष्टि किन ?

– उहाँहरु लिडर हुनुभयो । संस्थाको समस्या बुझनुभएन । उहाँहरुको सोचमै १६ प्रतिशत र हस्ताक्षर मात्र रहयो । त्यो भन्दा पछाडि कार्यान्वयनको पाटो के हुन्छ भन्ने कुरा उहाँहरुले सम्झनुभएन । अभियन्ताको तर्फबाट बिचार भन्दा पनि ब्यतिmगत बिचार चै उहाँहरुले राख्नुभयो ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईँ भन्छन्, सरकारले कार्यान्वयनको समय सिमा पनि तोक्नुपर्ने हो । तर यसो नहुँदा यो निर्णय अपरिपक्व निर्णय जस्तो देखियो ।’

३. ऋणको र बचतको ब्याजदर ६ प्रतिशतको अन्तर हुनुपर्दछ, नभए जरिवाना लाग्ने पनि भनिएको छ नि ?

– ठिक छ । ६ प्रतिशतमा काम गर्दा पनि संस्था घाटामा जाने भने होईन । हाम्रो कुरा कहाँ मात्र हो भने कार्यान्वयनका लागि समय दिनुपर्छ भन्ने मात्र हो ।

४. ऋणको र बचतको ब्याजदर अन्तर कसरी निकाल्ने भन्ने अन्यौलता पनि छ नि ?

– अन्यौल छ । त्यो अन्यौलतालाई हामी सहकारीकर्मीहरुले हटाउनुपनि पर्दछ । जसले उक्त नियम बनाउनुभयो । उहाँहरु नै अन्यौलतामा हुनुहुन्छ । निर्णय गर्नेले त हामीलाई सिकाउनु पनि प¥यो नि ।

बाँकी अनलाइन पत्रिका साप्ताहिकमा ।

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।